देश छोडेर भागेका राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट मालदिभ्स पुग्यो-Sutra News

देश छोडेर भागेका राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट मालदिभ्स पुग्यो

बिहिबार, ३० असार २०७९

बिहिबार, ३० असार २०७९

एजेन्सी – देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट मालदिभ्स पुगेको छ ।



एक निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा रहेको डेली मिररले जनाएको छ ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न नसकेको जनाइएको छ ।

त्यसपछि राजापाक्षेले माल्दिभ्स प्रस्थान गर्न निजी जेटको लागि अनुरोध गरेका थिए । माल्दिभ्सका अधिकारीहरूले राति अबेरसम्म छलफल सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट