काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा सर्वोच्च अदालत पुगेका छन् । अध्यक्ष थापा चुनाव चिन्ह गाई माग्दै बिहिबार अदालत पुगेका हुन् ।
निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेको पार्टीका प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए । रिटको सुनुवाइ शुक्रबार हुने उनले बताए ।