सामाजिक सञ्जालमाथि कर लगाउने सरकारको निर्णयमाथि बास्कोटाको व्यंग्य-Sutra News

सामाजिक सञ्जालमाथि कर लगाउने सरकारको निर्णयमाथि बास्कोटाको व्यंग्य

बिहिबार, ३० असार २०७९

बिहिबार, ३० असार २०७९

काठमाडौं । एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जालमाथि कर लगाउने सरकारको निर्णयलाई लिएर टिप्पणी गरेका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले हिजो सोही निर्णय गर्दा गलत भन्नेले नै आज ठीक भनेको बताएका छन् ।



उनले लेखेका छन्, ‘सरकारले फेसबुक, ट्वीटर, युट्युब जस्ता सोसल साइट सञ्चालकलाई साउनदेखि करको दायरामा ल्याउने भएछ । तर, म माइतीघर मण्डलामा बगैँचा माड्न जान्न र स्वतन्त्रता हनन भयो भनेर सञ्चारमन्त्रीको पुत्ला जलाउँदिनँ । बरु कार्यविधिले हुँदैन, सूचना प्रविधि कानुन घर्राबाट निकाल भन्छु। त्यही हिजो गलत आज ठीक ? देखाओ रमिता ’

सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गर्दै नयाँ आर्थिक वर्षदेखि सेवा प्रदायकहरुबाट कर लिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट