काठमाडौं – प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि उक्त विधेयकमाथि सैद्धान्न्तिक छलफल भइरहेको हो ।
यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सरकारको आलोचना भएको छ ।
उक्त विधेयक फिर्ता लिएलगत्तै फेरि सरकारले नागरिकता विधेयक ल्याएको हो ।