काठमाडौँ । समुन्द्र भट्टले निर्माण गर्न लागेको ट्रान्सजेन्डर अर्थात् पारलैंगिक व्यक्तिको कथावस्तुमाथि बन्न लागेको फिल्म ‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित भएका छन् ।
निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच अनुबन्धन सम्झौतामा हस्ताक्षर भइसकेको छ ।
समाजमा तेस्रो लिंगी समुदायलाई हेर्र्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सो फिल्म बनाउन लागेको चलचित्र समाजले जनाएको छ ।
उक्त फिल्मको आगामी २१ गतेबाट मात्र छायांकन सुरु हुनेछ ।