अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न देउवालाई कोइरालाको आग्रह-Sutra News

अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न देउवालाई कोइरालाको आग्रह

शुक्रबार, ३१ असार २०७९

शुक्रबार, ३१ असार २०७९

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा कोइरालाले सो कुरा गरेका हुन् ।



उनले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताए । अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको उनको दाबी छ । उनले भने, ‘मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए भने न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ ।’

गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्नै उनको भनाई छ । उनले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट