काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ । वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा भट्टराई, यमी, महेन्द्र यादव लगायतका नेताहरु छन् । भट्टराई पक्षकालाई कारबाही गरेका अध्यक्ष यादवले भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् ।
शुक्रबार वीरगञ्चमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताए । उनले भने पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनु भयो, यो गलत थियो