महिन्दा राजापाक्षेलाई देश छाड्न रोक-Sutra News

महिन्दा राजापाक्षेलाई देश छाड्न रोक

शनिबार, ३२ असार २०७९

शनिबार, ३२ असार २०७९

श्रीलंकामा राजापाक्षेको राजनीतिक परिवारलाई एकपछि अर्को झट्का लागेको छ । श्रीलंकाको राष्ट्रपतिबाट गोटाबाया राजापाक्षेले राजीनामाको औपचारिक घोषणा गरेपछि सर्वोच्च अदालतले उनका दुई भाइ पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई देश छाड्न रोक लगाएको छ ।



गोटाबाय राजापाक्षे भने यसै साताको सुरुमा देश छाडेर माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । महिन्दा राजापाक्षेले दुई महिनाअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका भाइ तथा निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेको कार्यालय बाहिर प्रदर्शन गरिरहेका केही व्यक्तिमाथि आफ्ना समर्थकहरूले आक्रमण गरेपछि महिन्दाले राजीनामा दिएका थिए ।

महिन्दाको राजीनामापछि गोटाबाय राजापाक्षेले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।

तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले र त्यसको भोलिपल्ट सिंगापुर भागेका थिए । उनी सेनाको विमानमा माले पुगेका थिए ।

श्रीलंका टाट पल्टिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।
श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट