पर्वतमा करेण्ट लागेर वडा सदस्य बिते-Sutra News

पर्वतमा करेण्ट लागेर वडा सदस्य बिते

शनिबार, ३२ असार २०७९

शनिबार, ३२ असार २०७९

पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको शनिबार दिउँसो करेण्ट लागेर ज्यान गएको हो ।



गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट