उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटना-Sutra News

उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटना

आइतबार, १ साउन २०७९

आइतबार, १ साउन २०७९

एथेन्स—उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो ।



दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ ।

कार्गो विमान कति यात्रु थिए र दुर्घटनामा बाँचेका थिए कि भनेर तत्कालै थाहा हुन सकेको छैन् ।
ग्रीसको सञ्चार माधयम ईआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट