गभर्नरविरुद्ध काठमाडौंको बालुवाटारमा प्रदर्शन, राजीनामा माग-Sutra News

गभर्नरविरुद्ध काठमाडौंको बालुवाटारमा प्रदर्शन, राजीनामा माग

आइतबार, १ साउन २०७९

आइतबार, १ साउन २०७९

काठमाडौं – गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ । आइतबार नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका विद्यार्थीले गभर्नरको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन गरेका हुन् ।



प्रदर्शनको क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दाबी गर्दै अधिकारीलाई बर्खास्त गर्न केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेकाे छ। राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ विभागमा रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भइरहेका हुन् ।

एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गभर्नर अधिकारी नभएको भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ । उसले गभर्नर अधिकारीलाई एम अधिकारी भन्ने ब्यक्ति ‘तपाई नभएको’ ब्यहोराको पत्र पनि पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट