काठमाडौं – बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ को प्रमोशनको काम सुरु गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले मुम्बईबाट फर्किए लगत्तै अब आफु लगायत आफ्नो टिमआधिकारिक रुपमा प्रमोशनको काम सुरु गरेको जानकारी गराएका हुन् । उनले फिल्म प्रदर्शन मिति असोज ७ लाई टार्गेट गरेर प्रचार९प्रसारमा होमिएको प्रतिक्रिया दिए ।
शनिवार गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भब्य ब्यानर राखिएको थियो । अब काठमाडौंसहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचारप्रसारका सामाग्री राखेर प्रेम गीतमय बनाइने उनले बताए ।
नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको फिल्म कोरोनाका कारण पछि सरेको थियो। अनिश्चित कालका लागि सरेको फिल्मको प्रदर्शन अन्नतः यो वर्ष असोज ७ गतेका लागि राखिएको छ । फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन्। यस्तै फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ।