काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणका भाई रामकृष्ण खाँण मेयर रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विवाद उत्पन्न भएको छ ।
विवादपस्चाद तिलोत्तमा नगरपालिका वडा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्वीमिङ पुलमा खसालेका छन् ।
उनले मेयर खाँणलाई अवरोध गर्न खोजेको आरोप लगाइएको छ ।
उनलाई पानीमा खसालेपछि एमालेका जनप्रतिनिधिहरुले आक्रोश व्यक्त गरेका थिए ।
घटनाको कारण प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै उनको कार्यकक्षमा जनप्रतिनिधिहरुले ताला लगाएका थिए ।
दोषीलाई कारबाहीको माग गरिएको छ ।