मूल ढोका छाडेर भ्यान्टिलेसनबाट छिरेर बनेको देउवा नेतृत्वको सरकार – एमाले-Sutra News

मूल ढोका छाडेर भ्यान्टिलेसनबाट छिरेर बनेको देउवा नेतृत्वको सरकार – एमाले

सोमबार, २ साउन २०७९

सोमबार, २ साउन २०७९

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देउवा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । सोमबार एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा गरेका हुन् ।



मूल ढोका छाडेर भ्यान्टिलेसनबाट छिरेर बनेको सरकार भन्दै ज्ञवालीले हरेक दृष्टीले हेर्दा एक वर्षको अवधिमा सरकार असफल भएको बताए । अहिले प्रधानन्यायाधीशमाथि निलम्बनका परेका बेला एमालेले उनलाई जोगाउन नपर्ने उनले बताए ।

अहिले गठबन्धन सरकार विचौलियाहरुको हातमा पुगिसकेको भन्दै उनले गठबन्धनको आवरणमा भ्रष्टाचार, कालोबजारी र कमिसनलाई बढावा दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट