सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने-Sutra News

सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने

सोमबार, २ साउन २०७९

सोमबार, २ साउन २०७९

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गकाे आवश्यकता र मागलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।



व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहक वर्गलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम् १० हजार जम्मा गरी खाता खोल्न सकिने बैंकले जनाएको छ । यस मुद्दती खातामा ग्राहकवर्गले बैंकद्वारा तोकिएको समयावधिपछि आफ्नो साँवा रकमको २ गुणादेखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यसका अतिरिक्त, ग्राहक वर्गले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधासमेत प्राप्त गर्न सक्नेछन् । ग्राहक वर्गलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्कलाग्ने छैन । सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयबाट सहजै यो मुद्दती खाता खोल्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट