काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ।
सोमबार अध्यक्ष ओली र राजदूत बौरबाओबीच ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।
उनीहरुबीचको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ। राजदूत बौरबाओ नेपालको आर्थिक र सामाजिक विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको बताएका थिए ।