बस नदीमा खस्दा १३ जनाको मृत्यु, पाँच जना मृतकको पहिचान-Sutra News

बस नदीमा खस्दा १३ जनाको मृत्यु, पाँच जना मृतकको पहिचान

सोमबार, २ साउन २०७९

सोमबार, २ साउन २०७९

भारत – भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ ।



बसमा कति यात्रु थिए भन्नेबारे समाचार तयार पार्दासम्म अझै पत्ता नलागेको स्थानीय प्रहरी अधिकारीले बताए ।“महाराष्ट्रको दक्षिणपश्चिमी राज्य इन्डोर शहरबाट महाराष्ट्रका लागि छुटेको थियो ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना मृतकको पहिचान भइसकेको छ भने अन्य व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन ।प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धासुमन अर्पण गर्दै उनीहरूका आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले ट्वीटमार्फत् भनेका छन्, “मध्यप्रदेशमा दुःखद् सडक दुर्घटना भएको छ ।” घटनास्थलमा उद्धारकर्मीद्वारा उद्धार कार्य चलिरहेको छ र स्थानीय अधिकारीहरूले प्रभावितहरूलाई सबै सम्भावित सहयोग प्रदान गरिरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट