काठमाडौँ महानगरका मेयर बालेन शाह यतिबेला सडक खाली बनाउने अभियानमा तीव्र रुपमा लागेका छन् ।
दिनअगाडी मकै पोलेर बेच्ने मानिसहरुको मकै नै खोसेर पक्राउ गर्ने चेतावनी दिएका महानगर प्रहरीले फेरी अर्को मुद्दा निकालेको छ ।
पुतलीसडकस्थित स्टारमलको पेटीमा खानेकुरा बेच्दै आएका सिन्धुपाल्चोक निवासी छिरीङ लामाको खानेकुरा बेच्ने स्टल महानगरपालिकाका नगर प्रहरीहरुले उठाएका छन् ।
छिरीङ लामाले उक्त पेटी स्टार महलसंग भाडामा लिएको बताउंदै उक्त ठाउँ खाली गर्न मानेनन् । उनले उल्टै प्रहरीमाथि तरकारी काट्ने चक्कु प्रहारको प्रयास गरे । प्रहरीमाथि जाइलाग्ने तरिकाले प्रस्तुत भए । अवस्था उग्र भएपछि कमलमोखरी प्रहरी बिटबाट प्रहरी आई उनलाई नियन्त्रणमा लिएको थियो ।
सो विषयमा सूत्रन्यूजले स्टार मलका व्यवस्थापकलाई सोधेका थियौं । उनी क्यामेराको अगाडी नबोले पनि उनले आफूहरुले उनीहरुलाई भाडामा दिएको पुष्टि गरे ।
छिरीङ पूर्व राष्ट्रिय म्याराथुन खेलाडी हुन् । उनले यस पेटीलाई महिनाको बाह्र हजार रुपैयाँ भाडामा लिएर ब्यापार गर्दै आएका बताए ।
यस विषयमा महानगर प्रहरीसँग हामीले कुरा गर्दा त्यो जग्गा सार्वजनिक नभएको बताए ।
प्रतिकार गर्न खोज्दा एक नगर प्रहरी र अर्का एक जना पुरुष घाइते भएका छन् ।
हेर्नुस यो भिडियो-