जनार्दन शर्मामाथि छानविन गर्न बनेको समितिको बैठक बस्दै, सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने-Sutra News

जनार्दन शर्मामाथि छानविन गर्न बनेको समितिको बैठक बस्दै, सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने

मंगलबार, ३ साउन २०७९

मंगलबार, ३ साउन २०७९

काठमाडौं – तत्कालिन अर्थमन्त्री जर्नादन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिको बैठक आज बस्ने भएको छ । शर्मामाथि बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर कर हेरफेर गरेको आरोप छ ।



सोही आरोप पनि शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएका थिए । शर्मामाथि छानबिन गर्न बनेको ११ सदस्यीय उक्त समितिको आजको बैठकमा सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

तीन महिनासम्म सीसीटीभी फुटेज मेटाउन, हटाउन नपाउने कानुनी व्यवस्था छ । तर जेठ महिनाको फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले भनेपछि सीसीटीभी फुटेज योजनाबद्ध रूपमा नै मेटाएको बताइएको छ । अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेपछि अब यस समितिले हार्ड डिस्क मगाएर अध्ययन गर्न लागथेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट