काठमाडौं – भारतिय गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार साझँ मुम्बईको एक अस्पतालमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।
विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेका उनको अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’, ‘मौसम’, ‘सत्ते पे सत्ता’ लगायतका उनका गीत निकै चर्चित छन् ।
अल इन्डिया रेडियोमा गायक र गितारवादकको रूपमा पनि काम गरेका उनले बंगाली गायिका मिताली मुखर्जीसँग विवाह गरेका थिए ।