आगामी भदौ २ गतेदेखि नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै विशेष अभियान चलाउने-Sutra News

आगामी भदौ २ गतेदेखि नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै विशेष अभियान चलाउने

मंगलबार, ३ साउन २०७९

मंगलबार, ३ साउन २०७९

काठमाडौं – आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेसले आगामी भदौ २ गतेदेखि २४ गतेसम्म विशेष अभियान चलाउने जनाइएको छ ।



सोमबारको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय पनि गरेको छ । यसअघि कांग्रेसले स्थानीय तहको निर्वाचनमा यस्तो अभियान चलाएको थियो ।

संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने कांग्रेसले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट