काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । मंगलबार प्रचण्ड र भट्टराईबीच माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा बाबुरामले समाजवादी केन्द्र बनाउने विषयमा प्रचण्डसँग कुरा गरेको बताइएको छ । केही समयअघि जसपाको उपेन्द्र यादव समूहले भट्टराईमाथि कारबाही गरेको थियो।
यादव पक्षको कार्यकारीणी बैठकले भट्टराईसहित यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको थियो ।