काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा। बाबुराम भट्टराई गठबन्धनमै रहेको बताएका छन् । मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईसँगको भेटवार्तापछि प्रचण्डले सो कुरा गरेका हुन् ।
केही समयअघि जसपाको उपेन्द्र यादव समूहले भट्टराईमाथि कारबाही गरेको थियो। यहि प्रशंगमा बोल्दै प्रचण्डले जसपाले कारबाही गरे पनि भट्टराई गठबन्धनमै रहेको बताए । उनले आजको भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको प्रचण्डले बताए ।
उनले भने – ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ, गठबन्धन बनाउनेबारे अरु पार्टी सँग पनि कुरा गरौँ । पर्सि बिहिबार सम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो।’ प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय पनि सही रहेको बताए ।