काठमाडौं – नेपालको पहिलो र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई आयोजकले नयाँ श्रीपेच लगाइएको छ । यसअघि ‘नेपहपको श्रीपेच’ मा नगरप्रमुख बालेन साहले विजेता भाइवर साइमनलाई लगााईदिएको श्रीपेचमाथि बुद्धिष्ट अभियन्ताले आपत्ति जनाएका थिए । कार्यक्रमको फाइनलमा लगाइदिएको श्रीपेच विवादित बनेपछि आयोजकले बुद्धिष्ट अभियन्तालाई सो श्रीपेच हस्तान्तरण गरेको थियो ।
आज आयोजित कार्यक्रममा काठमाडौंका मेयर तथा रियालिटी शोका निर्णायक बालेन्द्र साहको उपस्थितिमा नेपहपको श्रीपेचका विजेता भाइबर साइमनलाई नयाँ श्रीपेच लगाइएको हो । भाइबरले नयाँ श्रीपेच लगाउन पाएकोमा खुशी व्यक्त गरे ।
पञ्चबुद्धको मूर्ति भएको बौद्ध धर्मावलम्बीहरुको पवित्र मुकुट कार्यक्रममा दुरुपयोग भएको भन्दै आवाज उठेपछि मुकुट फिर्ता गरिएको थियो । अहिले फरक डिजाइनको मुकुट बनाएर भाइबरलाई दिइएको हो ।
आजको कार्यक्रममा उपस्थित भएका मेयर साहलेनै भाइबरलाई श्रीपेच लगाईदीएका हुन् । मेयर बालेनले कार्यक्रममा मन्तव्य भने राखेनन् । उनले उनी केहीबेर बसेर कार्यव्यस्तताको कारण देखाउँदै कार्यक्रमबाट बाहीरीएका थिए ।