काठमाडौं– विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। मिश्रले बुधबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
उनले आफूलाई पहिलो पटक ६ महिनाअघि कोरोना संक्रमण भएको र अहिले फेरि संक्रमित भएको बताएका छन् ।
उनले लेखेका छन् – ‘फेरी कोभिड! पहिलो पटक ६ महिनाअघि भएको थियो। अहिले फेरी भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन। थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ। घरमैँ आराम गर्दैछु। हिजो त मैले कसैलाई भेटिन। त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु। कोभिड फेरी बढ्दैछ।’