गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंकअघि संयुक्त विद्यार्थी संगठनको बिरोध प्रदर्शन-Sutra News

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंकअघि संयुक्त विद्यार्थी संगठनको बिरोध प्रदर्शन

बुधबार, ४ साउन २०७९

बुधबार, ४ साउन २०७९

काठमाडौं – संयुक्त विद्यार्थी संगठनले आज पनि बिरोध प्रदर्शन गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा रहेको भन्दै कुनै पनि राजनीतिक दलमा रहेको व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हुन नमिल्ने भन्दै बिरोध प्रदर्शन गरेका हुन्।



उनीहरूले गभर्नर अधिकारीको राजीनामा माग गर्दै आएका छन्। आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंकअघि कालो ब्यानर टाँसेर बिरोध जनाएका हुन् ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना शुरु भएको हो । अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै संयुक्त विद्यार्थी संगठनले विरोध चर्काएका हुन् ।

संगठनले आज संगै भोलि साउन ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन गर्ने, साउन ६ गते क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने र साउन ७ मा गभर्नर बर्खास्तीका लागि सांसदलाई दबाब दिन सडकबाट सन्देश पठाउने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट