काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ थियो ।
मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो ।
आज चाँदीको तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।