के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा पाइने-Sutra News

के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा पाइने

बुधबार, ४ साउन २०७९

बुधबार, ४ साउन २०७९

काठमाडौँ – के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन ।



नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट