

मकवानपुरको हेटौंडामा रहेको हेटौंडा क्यापसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । साउन ३ गते स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुव्र्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाएका थिए । विद्यार्थीमाथि दुव्र्यवहार भएको घटनाको विरोध गर्दै विद्यार्थीले बुधबार हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै ताला लगाएका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पसमा तोडफोड समेत गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीलाई दूव्र्यवहार गरेको भन्दै सबैजसो विद्यार्थी संगठनले विरोध जनाएका थिए । परीक्षार्थीले चिट लुकाएको आशंकामा क्याम्पसका कर्मचारी र प्रहरी समेतले छात्राको भित्री लुगा समेत खोल्न लगाई खानतलासी गरेको पीडित विद्यार्थीको आरोप छ । घटनामा संलग्न २ सहायक स्तरका जना कर्मचारीलाई निलम्बिन गरी ३ दिनभित्र छानविन प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।
मकवानपुर हेटौंडा स्थित हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको वार्षिक परीक्षा सञ्चालन गर्ने क्रममा छात्रामाथि यौन दुव्र्यवहार भएकोप्रति विद्यार्थीहरुले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले छात्राहरुमाथि भएको दुव्र्यवहारको तत्काल छानविन गर्न माग गरेको छ । ३ साउनमा मकवानपुर बहुमुखी क्याम्पसबाट बि.एड. दोस्रो वर्षको परीक्षा दिन गएको दुई जना छात्रालाई हेटौंडा क्याम्पसमा चिट ल्याएको भन्दै सबै कपडा खोल्न लगाई प्याडसम्म खोल्न लगाई गरेको अभद्र व्यवहार भन्दै अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले भत्र्सना गरेको छ ।
“घटना एकदमै आपत्तिजनक छ, त्यस्तो व्यवहार गर्ने व्यक्ति कुनै कोणबाट शिक्षक हुन सक्दैन” विज्ञप्तिमा भनिएको छ । “घटनाको तत्काल छानबिन गरि दोषीलाई तत्काल पक्राउ गरि कारवाहीको माग गर्दछौ” अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष प्रसिद्ध रेग्मीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।
परीक्षा दिन जाँदा चेकजाँचको क्रममा आफूहरुमाथि भएको घटना ’boutमा छात्राहरुले लेखेको म्यासेज सामाजिक सञ्जालमा भाइरल भएपछि हेटौंडा क्याम्पसले पनि विज्ञप्ति जारी गरेको छ । क्याम्पस प्रमुख देव मानन्धरद्वारा हस्ताक्षरीत विज्ञप्तिमा क्याम्पसले घटनाको छानविन गर्ने बताइएको छ ।
“विद्यार्थीहरुलाई परीक्षा हलमा प्रवेशपूर्व परीक्षामा संलग्न कर्मचारीहरुबाट व्यक्तिगत गोपनियता हनन हुने गरी चेकजाँच गरिएको भनी विभिन्न विद्यार्थी सङ्गठन तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सामग्रीप्रति क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञाप्तिमा भनिएको छ । यस विषयमा सम्बन्धित पीडित पक्षका विद्यार्थी, अभिभावक तथा जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुसँग छलफल भइरहेको क्याम्पसले जनाएको छ ।
“छानबिन गरी दोषी प्रमाणित भएमा दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु” विज्ञप्तिमा भनिएको छ “यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरोकारवालाहरुसँग छलफल भइरहेकोले सम्बन्धित सम्पूर्ण पक्षहरुलाई संयमित भइदिनुहुन समेत अनुरोध गर्दछु ।”
परीक्षा हलमा प्रवेश गर्नुपूर्व चिट लिएर आएका छौ भन्दै पाइन्ट र भित्री कपडा सबै खोल्न लगाइएको छात्राहरुको आरोप छ । उनीहरु मध्ये एक जना छात्रा महिनावारी भएको र आफू संग चिट नभएको बताउँदा पनि प्याड समेत खोल्न लगाइएको उनीहरुले बताएका छन् ।
परीक्षा सम्बन्धि कुनै ऐनले बालिकाको गोप्य संबेदनशील अँगको खानतलासिको अधिकार नदीएको अधिवक्त्ता बालकृष्ण शर्मा अधिकारीले बताए । यसैगरी पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल एकाइ समिति मकवानपुर बहुमुखी क्याम्पसले पनि घटनाको छानविनको माग गरेको छ।
परीक्षामा सहभागी छात्रा विद्यार्थीमाथि परीक्षा केन्द्र हेटौंडा क्याम्पस, हेटौंडामा भएको घटनाको संघले विरोध जनाएको छ । यस अघि पनि समयमा उत्तरपुस्तिका तथा प्रश्नपत्र उपलब्ध नगराउने, समय अगावै उत्तरपुस्तिका लिने, अनावश्यक डर त्रास सिर्जना गरी विद्यार्थीलाई आतकिंत पार्नेलगायतका गुनासाहरू सुनिन आएको समेत उल्लेख गर्दै पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
शैक्षिक संस्थाहरूमा विद्यार्थीले निर्भयतापूर्वक परीक्षामा सामेल हुन पाउनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “वर्षभरिको मेहनतको भाग्यरेखा कोर्ने परीक्षाहलमा भयमुक्त वातावरणमा परीक्षामा सहभागी हुन पाउनु विद्यार्थीको अधिकार हो ।”
परीक्षाको मर्यादा कायम गराउनु प्रशासनको कर्तव्य भएको तर परीक्षाको मर्यादा कायम गराउने निहुँमा परीक्षार्थीलाई आतकित पार्ने र मनोवैज्ञानिक त्रास सिर्जना गराउने कार्य कदापि क्षम्य हुन विज्ञप्तिमा भनिएको छ ।
यस प्रकारका गतिविधिहरूले विद्यार्थीलाई शैक्षिक संस्थाप्रति नै नकारात्मक सोच विकास हुने भएकाले घटनाको सत्य तथ्य जाँचबुझ गरी दोषीमाथि कार्वाहीका लागि गर्दै प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समिति अध्यक्ष केशवप्रसाद तिमल्सिनाद्वारा हस्ताक्षरीत विज्ञप्तिमार्फत माग गरेको छ । राजधानी दैनिकमा खबर छः