काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु सहभागी भएका थिए ।
देउवाले सत्ता गठबन्धनका नेताहरुसँग नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका विषयमा छलफल गरेका छन् ।
छलफलमा नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धनका शीर्ष नेताहरु सहमत भएको जनाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणले आज संसद बैठकमा नागरिकता विद्येयक पेश गर्दैछन् ।