नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल सुरु-Sutra News

नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल सुरु

शुक्रबार, ६ साउन २०७९

शुक्रबार, ६ साउन २०७९

काठमाडौं – प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ ।



प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे ।

शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे थियाे । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे ।

अहिले नेपालकाे नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ माथिकाे दफावार छलफल चलिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट