नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनु पर्ने नेमकिपाको प्रस्ताव-Sutra News

नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनु पर्ने नेमकिपाको प्रस्ताव

शुक्रबार, ६ साउन २०७९

शुक्रबार, ६ साउन २०७९

काठमाडौं – नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनु पर्ने प्रस्ताव गरेको छ ।



प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीकातर्फवाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनु पर्ने प्रस्ताव गरेका छन् ।

‘नेपालमा जन्मेर मात्रै हुदैँन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ बर्ष पछि र बेलायतमा ६ बर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० बर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’ जारी बैठकमा सरकारले पेश गरेको नागरिकता बिद्येयकका बारेमा छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट