काठमाडौं – सन् २०१३ को चर्चित फिल्म छड्केको दोस्रो श्रृंखलाको पछिल्लो समय निकै चर्चा छ । निगम श्रेष्ठले निर्देशन गर्ने फिल्म छड्के २ मा विन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् ।
फिल्ममा नया कलाकार जोडिएपनि परिचय नखुलाइएको बताइएको छ । यसअघि फिल्ममा अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनुबन्धित भइसकेका छन् । फिल्ममा विपिन कार्कीलाई पनि प्रस्ताव गरिएको तर उनले नमानेको बताइएको छ ।
फिल्ममा भिटेनले गीत गाउने पक्का भइसकेको छ । फिल्मको छायांकन साउन २५ गतेदेखि मनाङ र नारायणगढमा हुँदैछ । फिल्ममा प्रशान्त, निगम र लक्ष्मण काफ्ले निर्माता रहेका छन् । फिल्मको पटकथा पनि श्रेष्ठले नै लेखेका हुन् ।