

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
शुक्रबार केन्द्रीय बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमार्फत गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । साथै चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ ।यस्तै अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ ।
सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८/५ प्रतिशत पु¥याएको छ ।
यस्तो छ आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति