काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र निर्माणमा गठबन्धन भन्दा पनि बलियो संगठन आवश्यक रहेको बताएका छन् । आइतबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा गरेका हुन् ।
उनले सत्ता गठबन्धन पूर्ण रुपले असफल भएको भन्दै अहिले स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको बताए । राष्ट्र निर्माणमा बलियो संगठन एमालेसँग मात्र रहेको पनि उनले बताए ।
उनले भने – ‘विकास निर्माणका कामहरु टप्प छन । लकडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको छ । मुलुकको परराष्ट्र नीति पूर्णत असफल भएको छ’
एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको उनको भनाई छ । उनले दुई देशका बीचको असमान प्रबन्ध राख्नु गलत भएको पनि बताए ।