प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटवार्तामा के भयो ?-Sutra News

प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटवार्तामा के भयो ?

आइतबार, ८ साउन २०७९

आइतबार, ८ साउन २०७९

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।



प्रधानमन्त्री देउवा र प्रचण्डबीच गठबन्धनलाई आउँदो चुनावसम्मै लैजाने, राष्ट्रिय सभाबाट नागरिकता विधेयक पास गर्ने लगायतका बिषयमा कुराकानी भएको छ । यस्तै भेटवार्तामा चुनावी तालमेलको सिट बाँडफाँट कसरी गर्ने बिषयमा पनि कुराकानी भएको जनाइएको छ ।

केही समयदेखि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवामाथि असन्तुष्टी व्यक्त गर्दै आइरहेका छन् । गएको स्थानीय तहको चुनवामा आफ्नो पार्टीले सोचे हनुसार सिट नपाएको र निर्णयहरु गर्दा पनि पेल्न खोजेको अध्यक्ष नेपालले बताउदै आइरहेका छन् । यस्तै आउँदो चुनावमा पनि तालमेलको बिषयमा कुरा नमिल्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट