काठमाडौं – नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) का बिषयमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले एसपीपी बारे अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताए ।
आफूले पत्र पठाए–नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन निर्देशन गरेपनि सरकारले नटेरेको रावलको भनाई छ । सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उनले सरकारले श्रवणशक्ति गुमाएको बताए । उनले प्रश्न गर्दै भने – ‘सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ’