काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा अभिनय गर्ने भएका छन् । उनले नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता रमित ढुंगानाको फिल्म मुस्कान मा अभिनय गरने भएका हुन् ।
रमितको निर्देशन रहने यस फिल्ममा मन्त्री यादवको मूख्य भूमिका रहनेछ । यस्तै फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिने भएका छन् । उनले फिल्मको केमियो भूमिका निभाउने बताइएको छ ।
यो फिल्म सिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने बताइएको छ । फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँनेछ ।
रमितले मन्त्री यादवलाई भेटेर फिल्म बारे छलफल पनि गरेका छन् । यादवले फिल्म छायांकनको लागि तीन दिनको समय निकाल्ने बताइएको छ । फिल्ममा मुस्कान स्वयंको पनि भूमिका रहने बताइएको छ ।