सलमानपछि कट्रिना-विक्की जोडीलाई पनि आयो ज्यान मार्ने धम्की, प्रहरीमा दिए उजुरी-Sutra News

सलमानपछि कट्रिना-विक्की जोडीलाई पनि आयो ज्यान मार्ने धम्की, प्रहरीमा दिए उजुरी

सोमबार, ९ साउन २०७९

सोमबार, ९ साउन २०७९

काठमाडौं – बलिउडका चर्चित जोडी बिक्की कौशल र कट्रीना कैफ प्रहरीकोमा प्रहरीकोमा पुगेका छन् । भारतिय मिडियाका अनुसार कट्रिना र विक्की ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीकोमा पुगेका हुन् । उनीहरुले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।



कट्रिनालाई पीछा पनि गरेको भन्दै विक्कीले भारतीय दण्ड संहिताको धारा ५०६–२ (अपराधिक धम्की) र ३५४–डी (पछ्याएकोमा) अन्तर्गत सान्टाक्रुज पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन् । केही हप्ताअघि कट्रिनाको फ्यान क्लबले अज्ञात व्यक्तिलाई अभिनेत्रीको तस्वीर र भिडिओहरु नखिच्न भनेका थिए । अहिले प्रहरीले सोही अज्ञात व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।

केहीदिनअघि अभिनेता सलमान खानले पनि आफूलाई धम्कीपत्र आएको भन्दै आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन दिएका थिए ।

गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ । अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका हुन् । भेटकै क्रममा उनले आत्मसुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट