सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष सोनिया गान्धीमाथि दोस्रो पटक सोधपुछ-Sutra News

सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष सोनिया गान्धीमाथि दोस्रो पटक सोधपुछ

मंगलबार, १० साउन २०७९

मंगलबार, १० साउन २०७९

एजेन्सी – सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी आज मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् ।



नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले विरोध प्रदर्शन गरेका छन् । विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द्रीय एजेन्सीहरूको कथित दुरुपयोग गरेको आरोप लगाउँदै त्यसको विरोधमा संसद भवनबाट राष्ट्रपति भवनसम्म कांग्रेस सांसदहरूले मार्च गरेका थिए । मार्चको नेतृत्व कंग्रेस नेता राहुल गान्धीले गरेका थिए ।

यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए। उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट