काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले मास्क अनिवार्य लगाउन सांसदहरुलाई आग्रह गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका हुन्।बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन् ।