काठमाडौं – बलिउडका चर्चित अभिनेता रणवीर सिंह पछिल्लो समय आफ्नै कारणले विवादमा तानिएका छन् । केही दिनअघि सामाजिक सञ्जालमा बोल्ड फोटोसुट शेयर गरेपछि रणवीर विवादमा तानिएका हुन् ।
उनले शेयर गरेको आफ्नो न्युड तस्बिरमा गालीको ओइरो लागेको छ । यसअघि पनि विचित्र फेसन शैलीको कारण चर्चामा आउने उनले न्युड फोटो खिचाएपछि उनी विरुद्ध उजुरी पनि गरेको छ ।
भारतिय मिडियाका अनुसार तस्वीरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी संस्थाले रणवीरविरुद्ध उजुरी नै दर्ता गराएको हो । मुम्बईको चेम्बुर पुलिस स्टेसनमा रणवीरविरुद्ध उजुरी दर्ता भएको हो । महिलाको भावनामा चोट पुर्याएकोदेखि उनीहरुको शिष्टताको पनि अपमान गरेको उजुरीमा लेखिएको छ ।
भारतीय दण्ड संहिताअनुसार फोटोसुट गराएकाले प्रविधि ऐन अन्तर्गत मुद्दा चलाउनुपर्ने माग गरे पनि चेम्बर पुलिसले चाहिं अहिलेसम्म अभिनेताविरुद्ध एफआईआर दर्ता नगरेको बताइएको छ ।