काठमाडौं – बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिले अझैसम्म ठोस प्रमाण फेला पार्न सकेको छैन ।
यसको आरोप निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि लागे पनि शर्मासहित सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर लगायतले आरोप अस्वीकार गरेका छन् । यसैबीच गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज पनि नरहेको पत्र पठाएको छ । छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मागेको थियो ।
तर, गृहमन्त्रालयले समितिलाई पत्र पठाएर सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने बताएको छ । यसअघि पनि अर्थमन्त्रालयले आफ्नो मन्त्रालयमा सीसीटीभी फुटेज १३ दिनभन्दा धेरै नरहने बताएको थियो । अहिले पनि मन्त्रालयले सो कुरा गरेको हो ।
समितिले फरेन्सिक ल्याबमा पठाएपछि फुटेज रिकभर भएको थियो ।प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको अर्थमन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिकभर भिडिओसहितको रिपोर्ट आइसकेको छ ।
जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भए पनि मन्त्रालय छिरेको मान्छे नचिनिएको बताइएको छ । उक्त फुटेजमा एक सेकेण्ड जति झिलिक्क त्यसपछि पूरै खाली आएको बताइएको छ । पालना नगरेको पाइएको हो ।