हैटीमा सामूहिक हिंसामा २०० जनाको मृत्यु-Sutra News

हैटीमा सामूहिक हिंसामा २०० जनाको मृत्यु

बुधबार, ११ साउन २०७९

बुधबार, ११ साउन २०७९

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोहसँग कुनै सम्बन्ध नभएका बासिन्दा भएको राष्ट्रसंघले जनाएको छ । गिरोहले सिटी सोलेल छिमेकको नियन्त्रणको लागि लडिरहेका छन् ।



गोली हानाहानका कारण सामग्री वितरण हुन नसक्दा पानी र खानाको अभाव भइरहेको स्थानीयले बताएका छन् । एक बासिन्दाले आफ्नो जीवनलाई ‘डर, तनाव र निराशाको चक्र’ भनेर वर्णन गरे।

एक वर्षअघि राष्ट्रपति जोभेनेल मोइसको हत्या पछि गिरोहको हिंसा बढेको थियो । तर, जी ९ र जी पेप भनेर चिनिने दुई आपराधिक गठबन्धनबीच जुलाई ८ मा  सुरु भएको लडाई नयाँ उचाइमा पुगेको छ ।

राष्ट्रसंघका अनुसार जुलाई ८ देखि १७ सम्म २०९ जनाको ज्यान गएको थियो जसमध्ये ११४ गिरोह सदस्य थिए । त्यस्तै, २५४ जनलाई गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट