माओवादी, एकीकृत समाजवादी र जसपामाथि कोइरालाको व्यंग्य – हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ-Sutra News

माओवादी, एकीकृत समाजवादी र जसपामाथि कोइरालाको व्यंग्य – हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ

बुधबार, ११ साउन २०७९

बुधबार, ११ साउन २०७९

काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बार्गेनिङ गर्नका लागि मात्र माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा उठाएको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सो कुरा गरेका हुन् ।



उनले भने , ‘हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस ठूलो पार्टी हो ।’

उनले आउँदो निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी कसरी लाने भन्ने बिषयमा छलफल भइरहेको बताए । उनले आउँदो चुनवामा तिन शर्त माने मत्र तालमेल गरिने बता । उनका सर्तहरु तालमेलका लागि आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने र ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने रहेका छन् ।

आउँदो निर्वाचनमा गठबन्धनमा सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनको भनाई छ । उनले भने , ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट