लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ – नेता डा कोइराला-Sutra News

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ – नेता डा कोइराला

बुधबार, ११ साउन २०७९

बुधबार, ११ साउन २०७९

पर्सा – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन् ।



नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भने ।

उनले भने “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ । ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट