काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा विद्यमान अस्थिरता र संकटको निम्ति राजनीतिक दल र नेताहरु नै जिम्मेवार रहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सो कुरा गरेका हुन् । दल र नेताहरुको नियत चोखो नभएसम्म स्थितिमा सुधार नहुने उनको भनाई छ ।
उनले लेखेका छन् – ‘देशमा विद्यमान अस्थिरता र संकटको निम्ति राजनीतिक दल र नेताहरु नै जिम्मेवार छन्।दल र नेताहरुको नियत चोखो नभएसम्म स्थितिमा सुधार हुँदैन।तथापि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,समानुपातिक निर्वाचन प्रणालि,दुई तहको सरकार कायम गर्न सकियो भने केही हदसम्म परिस्थितिमा सुधार हुन्छ’