काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बढ्दो क्रममा रहेको महंगीविरुद्ध आन्दोलन गरेको छ । बुधबार राप्रपाले काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुरलगायतका स्थानमा विरोध प्रदर्शन गरेको हो ।
महंगीविरुद्ध पार्टीले सरकारलाई ध्यानाकर्षण गराइरहदा अवहेलना भएमा तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । विरोध प्रदर्शनपछि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष तथा राप्रपा नेतृ अञ्जना रावलले पार्टीको मागमा सरकारले कुनै चासो नदेखाएकोले आजबाट दोस्रो चरणको आन्दोलन शुरु गरिएको बताइन् ।
यसअघि पनि राप्रपाले महंगी र भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आइरहेको छ ।