काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।
बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप र स्थायी कमिटीलाई पूर्णता दिने लगायतका बिषयमा छलफल भइरहेको छ । महाधिवेशन भएको लामो समय भइसक्दा पनि पदाधिकारीले पूर्णता पाउन सकिरहेको छैन । बैठकमा पदाधिकारी चयनका चयनका बिषयमा पनि छलफल भइरहेको जनाइएको छ ।