इराकमा अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर सयौं मानिसहरू संसद् भवनमा, नाचगान गर्दै टेबलमा सुते-Sutra News

इराकमा अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर सयौं मानिसहरू संसद् भवनमा, नाचगान गर्दै टेबलमा सुते

बिहिबार, १२ साउन २०७९

बिहिबार, १२ साउन २०७९

बग्दाद – इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरूले इराकको संसदमा पुगेका छन् । प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् ।



९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आमचुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ ।

देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन । प्रधानमन्त्रीका लागि पछिल्लो नामांकनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट